परिचय
बि.सं. २०७६ सालमा मूल भन्सारको रुपमा स्थापना भएको त्रिवेणी भन्सार कार्यालय नेपालको गण्डकी प्रदेश अन्तर्गत नवलपरासी बर्दघाट सुस्ता पूर्व जिल्लामा अवस्थित एक महत्वपूर्ण सीमावर्ती भन्सार नाका हो।यो कार्यालय नवलपरासी बर्दघाट सुस्ता पूर्व जिल्लाको बिनयी त्रिवेणी गाउँपालिका वडा नं. ७ त्रिवेणीमा रहेको छ भने भारतको बिहार प्रदेश राज्यको वाल्मिकीनगर बजारसँग प्रत्यक्ष सीमा जोडिएको भन्सार विन्दुका रुपमा रहिआएको छ।भारतसँग सिमा जोडिएको नवलपरासी बर्दघाट सुस्ता पूर्व जिल्लाको सम्पुर्ण सिमा क्षेत्र यसको कार्यक्षेत्र रहेको छ। यस कार्यालय अन्तर्गत कुनै पनि छोटी भन्सार कार्यालयहरु रहेका छैनन्।नेपालको अर्थ मन्त्रालय अन्तर्गतको भन्सार विभाग मातहत सञ्चालित यस कार्यालयले भारतसँगको आयात-निर्यात व्यापार व्यवस्थापन, राजस्व सङ्कलन र सीमाको सुरक्षा व्यवस्थापनमा महत्वपूर्ण भूमिका खेलेको छ।